महालक्ष्मी लाइफका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारण तालिम

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ।

कम्पनीले चैत्र ५ गते पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका २२ जना प्रमुखहरुको सहभागितामा उक्त तालिम दिएको हो ।

कर्मचारीहरुलाई नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धीकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी लगायतका विषयमा प्रशिक्षण दिए ।

कम्पनीले भोलि चैत्र ६ गते दोस्रो चरणको तालिम सञ्चालन गर्ने जानकारी दिएको छ । चैत्र ६ गते हुने तालिममा अण्डरराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले बीमा प्रोडक्ट र यस्को बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु बारेमा जानकारी दिने छन् ।

कम्पनीले २०७८ आषाढ मसान्तभित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम तय गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।