प्रभु इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने

0
Shares

प्रभु इन्स्योरेन्स (PRIN) ले अभिकर्ताको आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले चैत्र २० गतेदेखि चैत्र २२ गतेसम्म तालिम सञ्चालन गर्ने जनाएको छ ।

तालिम लिनका लागि ईच्छुक र योग्यता पुगेका व्यक्तिले चैत्र १३ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्न सक्नेछन् । तालिम बिहान १० बजेदेखि ५ बजेसम्म कम्पनीको केन्द्रीय कार्यालय, तीनकुने काठमाडौँमा हुने छ ।

कम्तीमा एसएलसी वा सो सरहको परीक्षा उत्तिर्ण गरेका व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइजको फोटो ३ प्रति सहित निवेदन दिनु पर्ने छ ।

संस्थागत बीमा अभिकर्ताको तालिम लिन चाहानेको हकमा भने कम्पनी/संस्थाको प्रमाणपत्र, नियमावली, दर्ता, प्रमाणपत्र, भ्याट÷प्यान दर्ता प्माणपत्रको प्रिमाणित प्रतिलिपीसहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी पेश गनु पर्नेछ ।

तालिम शुल्क दुई हजार रुपैयाँ लाग्ने समेत कम्पनीले जानकारी दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।