सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले चैत्र १४ गतेदेखि तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
राष्ट्र बैंकबाट चैत्र ९ गते प्राप्ति सम्बन्धी अन्तिम स्वीकृति दिएपछि सिटिजन्स बैंकले एकीकृतथ कारोबारको मिति तोकेको हो ।
सिटिजन्स बैंकले १००ः९६ शेयर अनुपातको शेयर स्वाप रेसियोमा तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार थाल्न लागेको हो । यसअनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर पाउनेछन् ।
एकीकृत कारोबारपछि सिटिजन्स बैंकको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ कायम हुनेछ ।
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि बैंकको निक्षेप करिव १ खर्ब २४ अर्ब तथा ऋण लगानी करिव १ खर्ब ०२ अर्ब माथि रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ ।
एकीकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नुपर्ने भएकोले चैत्र १३ गते शुक्रबार ३ बजेदेखि चैत्र १४ गते शनिबारसम्म दुवै संस्थाले प्रदान गर्दै आएका बैंकिङ्ग, एटीएम, डेविट।क्रेडि कार्ड, मोबाइल, अनलाई बैंकिङ्ग, होलिडे तथा सन्भ्याकालीन काउन्टरहरु समेत बन्द रहने जनाइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया