रुरु जलविद्युत परियोजना लिमिटेडले निष्काशन गरेको साधारण शेयरमा ३६.६६ गुणा बढी आवेदन परेको छ ।
शुक्रबारदेखि साधारण शेयर जारी गरेको कम्पनीको शेयरमा तेस्रो दिन आइतबारसम्ममा सर्वसाधारणबाट माग भएको कित्ताको तुलनामा सो परिमाणमा शेयर माग भएको हो ।
सिडिएस एण्ड क्लियरिङ्गले उपलब्ध गराएको तथ्याङ्क अनुसार आइतबारसम्म साँझ ५ बजेसम्ममा ९ लाख ५३ हजार ४४२ आवेदन मार्फत १ करोड ३९ लाख ४० कित्ताको शेयर माग भएको हो ।
कम्पनीले चैत २० गते शुक्रबारदेखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको हो ।
कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई लागि सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।
आईपीओमा लगानीकर्ताले सिडिएससीको मेरो शेयर मोबाइल एप र वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट चैत २४ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया