एक दर्जन ठेकेदार कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

0
Shares

सरकारले सम्झौता बमोजिम समयमै काम नगर्ने ११ वटा ठेकेदार कम्पनी तथा आपूर्तिकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) ले मंगलबार सूचना प्रकाशित गरी ११ कम्पनीलाई कालोसूचीमा राखेकोे हो। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा परेका कम्पनीहरुमा हेटौंडाको हेटौंडा कन्स्ट्रक्सन, रौतहटको सरस्वती कन्स्ट्रक्सन, वीरगञ्जको अभय कन्स्ट्रक्सन, बाराको जन जागृति कन्स्ट्रक्सन, बाराकै विशाल कन्स्ट्रक्सन छन्।

त्यसैगरी कालोसूचीमा पर्नेमा मकवानपुरको विनायक कन्स्ट्रक्सन, आर एस निर्माण सेवा, बी ब्रदर्श निर्माण सेवा र शर्मिला निर्माण सेवा रहेका छन् भने काठमाडौंको नयाँ युग निर्माण सेवा तथा पर्साको शिव निर्माण सेवा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २४ चैत्र २०७७, मंगलबार  १४ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।