समता घरेलु लघुवित्तमा डम्बरमणि थेवेको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन

0
Shares

समता र घरेलु लघुवित्तबीच मर्जर सम्पन्न भई बनेको समता घरेलु लघुवित्तमा डम्बरमणि थेवे लिम्बुको अध्यक्षतामा ७ सञ्चालक समिति चयन भएको छ ।

दुई संस्थाबीच भएको सहमति अनुसार बैशाख २ गते सम्पन्न सञ्चालक समितिको बैठकले थेवेको अध्यक्षतामा ७ सदस्यीय तदर्थ सञ्चालक समिति गठन भएको हो ।

अन्य सदस्यहरुमा राजेश्वर प्रसाद आचार्य, रमेश कुमार प्रधान, किशोर शेर्पा, भक्तराम खड्का, अनुपा ओझा, र निरञ्जन पराजुली रहेका छन् ।
समता लघुवित्तको तर्फबाट थेवे र आचार्य तथा घरेलुको तर्फबाट प्रधान र शेर्पा संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक बनेका हुन् । यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट खड्का र ओझा चयन भएका छन् भने पराजुली स्वतन्त्र सञ्चालक बनेका हुन् ।

बैशाख २ गते सम्पन्न सोही बैठकले साविक समता लघुवित्तको प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेलाई बैशाख २ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओ तथा समतामा नै प्रबन्धक पदमा कार्यरत विश्वराज श्रेष्ठलाई बैशाख २ गतेदेखि नै लागू हुनेगरी कम्पनी सचिव नियुक्त गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ बैशाख २०७८, आइतबार  १२ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।