जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा आह्वान, २३ गते बुकक्लोज

0
Shares

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख ३० गते बिहीबार १० औं वार्षिक साधारण सभा आह्वान गरको छ ।

लघुवित्तको बैशाख ६ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले रुपन्देहीको बुटवलस्थित होटेल न्यू इरामा बिहान ११ बजे सभा बोलाउने निर्णय गरेको हो ।

लघुवित्त कम्पनीहरुमध्ये गत आर्थिक वर्ष २०७६/७७ बाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले सभा मार्फत उक्त लाभांश अनुमोदन गराउने भएको छ ।

सञ्चालक समितिको बैठकले शेयरधनीलाई ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित २.६० प्रतिशत नगद लाभांश गरी कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यस्तै सभाले जनउत्थान सामुदायिक लघुवित्त र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग आपसमा गाभ्ने।गाभिने र प्राप्ती प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि लघुवित्तले वैशाख २३ गते बिहीबार शेयर दाखिल खारेजी (बुक क्लोज) मिति तोकेको छ । यसअनुसार बैशाख २२ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहन आउने शेयरधनीहरुले मात्र लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन स्क्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ बैशाख २०७८, मंगलबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।