
नेपाल इन्स्योरेन्स (NICL) ले शेयरधनीलाई नगद लाभांश वितरण गरेको छ । कम्पनीको चैत २७ गते सम्पन्न साधारण सभाबाट पारित भएको नगद लाभांश वितरण गरेको हो ।
कम्पनीको चैत २७ गते सम्पन्न ७२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले गत चैत १६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीको बैंक खातामा सिधै नगद लाभांश वितरण गरेको हो । उक्त मितिपछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको नगद लाभांश भने क्रमश वितरण गर्दै जाने कम्पनीले जानकारी दिएको छ ।
यस्तै हालसम्म कागजी शेयर धारण गरेका शेयरधनीलाई शेयर डिम्याट गर्न र डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न इन्स्योरेन्सले आग्रह गरेको छ ।
साधारणबाट पारित भएको बोनस शेयर भने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेमा सूचीकृत भएर डिम्याट खातामा आएपछि मात्र कारोबार गर्न मिल्नेछ ।
कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया