रुरु जलविद्युत परियोजनाको आईपीओ अधिकतम ३५६ रुपैयाँसम्म कारोबार खुल्ने

0
Shares

प्रिमियम मूल्यमा शेयर जारी गरेको रुरु जलविद्युत परियोजना लिमिटेडको धितोपत्र दोस्रो बजारमा अधिकतम ३५६ रुपैयाँसम्म शेयर कारोबार खुला हुने भएको छ ।

कम्पनीले आईपीओ जारी गर्न प्रकाशन गरेको विवरण अनुसार कम्पनीको न्यूनतम प्रतिशेयर नेटवर्थको तीन गुणासम्म नेप्सेले ओपनिङ्ग कारोबार रेञ्ज तोक्ने भएकाले कम्पनीको शेयर अधिकतम ३५६ रुपैयाँसम्म खुल्नसक्ने देखिएको हो । यद्यपी नेटवर्थको न्यूनतम रेञ्जदेखि अधिकतम रेञ्जभित्रको जुनसुकै मूल्यमा कारोबार खुल्नसक्ने अवस्था भने रहन्छ ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ११८.८४ रूपैयाँ छ । यस आधारमा नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११८.८४ रूपैयाँदेखि अधिकतम ३५६.५२ रुपैयासम्म ओपनिङ रेञ्ज निर्धारण गर्नेछ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थदेखि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।

कम्पनीले चैत्र २० गतेदेखि चैत्र २४ गतेसम्म १२० रूपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणमा बाँडफाँड गरिएको थियो ।

बैशाख ३ गते, शुक्रबार सम्पन्न बाँडफाँड अनुसार ३७ हजार ९०९ जनाले गोलाप्रथाबाट १० कित्ता र ७ जनाले ११ कित्ता शेयर पाएका थिए ।

दोस्रो बजारमा शेयर कारोबारका लागि कम्पनीले शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल मार्फत सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेमा सूचीकरणका लागि प्रकृया अगाडि बढाइसकेको जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ बैशाख २०७८, मंगलबार  १६ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।