नेप्से पुनः ओरालो यात्रामा, ३२ अंकले घटेको बजारमा ४ कम्पनीका लगानीकर्ताले भने कुस्त कमाए

0
Shares

आइतबार र सोमबारको ७३ अंकको गिरावटपछि मंगलबार सामान्य सुधार आएको नेप्सेमा बुधबार फेरि ३२.४१ अंकको उच्च गिरावट आएको छ ।

बुधबार नेप्से २ हजार ६३२.१० अंकमा झरेर बन्द भएको छ । यसदिन २०९ कम्पनीका १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर ६६ हजार ४८० पटक खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रुपैयाँ पुगेको छ । उक्त करोबार रकम मंगलबारको तुलनामा २३ करोड ३६ लाख रुपैयाँले बढेको हो ।

ओपनिङ्गदेखि नै तीब्र दबाब झेलेको सूचक अन्तिमसम्मै घटेर बन्द भएको हो । यद्यपी ऋणात्मक बजारमा पनि ४ कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले भने कुस्त रुपमा कमाएका छन् । ती कम्पनीको शेयरमूल्य सर्किट लेबलमा बढेको छ ।

बजारका सक्रिय लगानीकर्ताहरु बजारमा आएको करेक्शन सामान्य रहेको बताउँछन् । अल्पकालीन लगानीकर्ताहरु हाबी हुँदा बुधबार फेरि बजारले ओरालो यात्रा समातेको उनीहरुको विश्लेषण छ ।

दोस्रो बजारमा एक दशकदेखि सक्रिय लगानीकर्ता वेदनाथ घिमिरेले भनेः- “शेयर बजारको सौन्दर्यता भनेकै बढ्नु र बढेपछि घट्नु हो । अल्पकालीन लगानीकर्ताले एउटा निश्चित प्रतिशत मुनाफा आर्जन भएपछि नाफा सुरक्षित गर्नु स्वभिाविक नै हो । बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमासिक प्रतिवेदनमा नाफा राम्रै बढेकाले बजार केही दिनभित्र ब्याउन्स ब्याक हुने सम्भावना देखिन्छ । एक दुई दिन बजार घट्दैमा आफूसँग भएको शेयर बिक्री नगरी बरु घट्दो मूल्यमा आफ्नो लागत घटाउनतर्फ लगानीकर्ता लाग्नुपर्छ । ”

शेयर बजारमा छिटो छिटो मनस्थीति फेरिने मानिसले नाफा आर्जन गर्न नसक्ने बताउँदै बजारबाट नाफा कमाउन धैर्य रहनुपर्ने उनको बुझाई छ । यता मंगलबार थामिएको बजारमा बुधबार फेरि घटेपछि नयाँ लगानीकर्ताहरुमा भने बजार अझै घट्ने हो कि भन्ने चिन्ता थपिएको छ ।

बजार घटेसँगै शेयर लगानीकर्ताको सम्पत्ति माप बजार पूँजीकरणमा एकैदिन ४४ अर्ब ८७ करोड रुपैयाँले ह्रास आई ३६ खर्ब ४४ अर्ब ८२ करोड रुपैयाँमा संकुचित बनेको छ । मंगलबार ३६ खर्ब ८९ अर्ब ६९ करोड रुपैयाँ कुल बजार पूँजीकरण रहेको थियो ।

  • म्यचुअल फण्ड बाहेक सबै समुहको सूचक ऋणात्मक

बुधबार कारोबारमा आएका म्यचुअल फण्ड बाहेक सबै समुहको सूचक ऋणात्मक भएपछि बजारमा उच्च अंकको गिरावट आएको हो । यसदिन विकास बैंक, वित्त, बैंकिङ्ग, उत्पादन, लगानी, निर्जीवन बीमाको सूचक १ प्रतिशतभन्दा धेरै घटेका छन् । ब्यापार, होटल तथा टुरिजम, अन्य, जीवन बीमाको सूचक १ प्रतिशतभन्दा कम घटेका छन् । म्युचअल फण्डको सूचक ०.१२ प्रतिशतले सकारात्मक बनेको छ ।

  • निफ्राको सर्वाधिक कारोबार

यसदिन नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको २५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमाल दोलखा हाइड्रोपावर २२ करोड ६ लाख नागरिक लगानी कोष १८ करोड ३७ लाख र मञ्जुश्री फाइनान्सको १६ करोड ७७ लाखको शेयर ख।रीद बिक्री भयो । अपि पावर, नबिल बैंक, एनआईसी एशिया बैंक, अपर तामाकोशी, एनआईसी एशिया बैंक र अरुण काबेली पावरको साढे ११ बढीको शेयर कारोबार भयो ।

Symbol Turnover Closing Price
As of 2021-04-21 15:00:00
NIFRA 254,598,639.00 571.00
HDHPC 220,624,703.00 168.00
CIT 183,761,528.00 3,892.00
MFIL 167,717,493.00 530.00
API 155,216,090.00 365.00
NABIL 142,693,430.00 1,294.00
NICLBSL 140,637,057.00 1,793.00
UPPER 124,519,042.00 858.00
NICA 121,176,346.00 921.00
AKPL 115,082,806.00 350.00
  • चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

ऋणात्मक बजारमा पनि ४ कम्पनीको शेययरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारको बजारमा ज्योति लाइफ, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्यमा सर्किट लागेको हो ।

यसैगरी युनियन हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त, अपि पावर, छ्याङ्दी हाइड्रोपावर, युनाइटेड मोदी र हिमालयन उर्जा विकास कम्पनीको शेयरमा लगानी गरेकाले पनि कमाएका छन् । दशौं ठूलो शेयरमूल्य बढेको हिमालयन उर्जा विकास कम्पनीको मूल्य २.७२ प्रतिशतले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-21 15:00:00
JLI 826.00 75.00 9.99
MLBSL 1,766.00 160.00 9.96
GRDBL 211.00 19.00 9.90
HDHPC 168.00 15.00 9.80
UNHPL 148.00 10.00 7.25
JSLBB 4,950.00 251.00 5.34
API 365.00 13.00 3.69
CHL 298.00 9.00 3.11
UMHL 215.00 6.00 2.87
HURJA 378.00 10.00 2.72
  • लिवर्टीका लगानीकर्ताले धेरै गुमाए

बुधबार लिवर्टी इनर्जीको शेयरमा लगानी गरेका लगानीकर्ताले धेरै गुमाएका छन् । कम्पनीको मूल्य ५.१७ प्रतिशत अर्थात १८ रुपैयाँ घटेर ३३० रुपैयाँमा झरेको हो ।

यस्तै हिमालयन पावर पार्टनर, नारायणी डेभलपमेन्ट बैंक, आइसिएफसी फाइनान्स, पाँचथर पावर, ग्लोबल आइएमई लघुवित्त, नेपाल हाइड्रो डेभलोपर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, गरिमा विकास बैंक र कामना सेवा विकास बैंकका लगानीकर्ताले पनि ३ प्रतिशत धेरैले गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-04-21 15:00:00
LEC 330.00 -18.00 -5.17
HPPL 412.00 -18.00 -4.19
NABBC 570.00 -22.00 -3.72
ICFC 320.00 -12.00 -3.61
PPCL 299.00 -11.00 -3.55
GILB 2,455.00 -89.00 -3.50
NHDL 358.00 -12.00 -3.24
NRN 558.00 -18.00 -3.13
GBBL 348.00 -11.00 -3.06
KSBBL 352.00 -11.00 -3.03

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ बैशाख २०७८, बुधबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।