एनआईसी एशिया लघुवित्तको खुद नाफा २४७ प्रतिशतले बढ्यो

0
Shares

एनआईसी एशिया लघुवित्त (NICLBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा २४७ प्रतिशतले बढेको छ ।

गत आवको यसै अवधिमा १२ करोड २७ लाख ८४ हजार खुद नाफा कमाएको यस लघुवित्तले चालु आवको यसै अवधिमा ४२ करोड लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । स्वदेशी लघुवित्तसँग मर्जर गरी चैत ८ गतेदेखि एकीकृत कारोबार थालेकाले लघुवित्तको नाफामा उच्च सुधार आएको हो ।

चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३२.७५ रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा कम्पनीको इपिएस १६.२९ रुपैयाँ रहेको थियो ।

चालु आवको ९ महिना अवधिमा चुक्ता पूँजी ७३.१६ प्रतिशत, जगेडा कोष २४९.५७ प्रतिशत, निक्षेप १७२.८२ प्रतिशत निक्षेप १७२.८२ प्रतिशत, सापटी १४४.२३ प्रतिशतले बढेको छ । यस्तै समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४२.९४ प्रतिशत, सञ्चालन नाफा २२०.१८ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा २ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले १३ अर्ब ६९ करोड १७ लाख रुपैयाँ सापटी लिएर १५ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तले ९२ करोड ९८ लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरी ६२ करोड ४० लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

कम्पनीको जगेडा कोषमा ७९ करोड ५३ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४५.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५१.८८ गुणा, कोषको लागत ५.४८ प्रतिशत र खराब कर्जा अनुपात १.४९ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ बैशाख २०७८, बिहिबार  १२ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।