
राष्ट्रिय वाणिज्य बैंक (RBB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब २७ करोड ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ३ अर्ब ३ करोड ६२ लाख खुद नाफा कमाएको बैंकले ४४।०८ प्रतिशतले नाफा बढाएको हो ।
बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा १६२ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा १ अर्ब १५ करोड ८१ लाख रहेकोमा बढेर ३ अर्ब ४ करोड ३३ लाख रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी ९ अर्ब १८ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको बैंकको २ प्रतिशतले पूँजी बढ्दा प्रतिशेयर आम्दानी ४७.४७ रुपैयाँ कायम भएको छ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ खर्ब ४० अर्ब ७२ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६७ अर्ब ५१ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ६ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ४ अर्ब ४२ करोड ४५ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.९८ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ६.१५, निक्षेप ४.२५ र कर्जा लगानी ११.०९ प्रतिशत बढेको छ । बैंकको जगेडा कोषमा १४ अर्ब २३ करोड ९ लाख र शेयरधनी कोषमा ३ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १२.८८, खराब कर्जा अनुपात ३.६२, कोषको लागत ३.३९, कर्जा निक्षेप अनुपात ६८.२३, आधारदर ५.५०, स्प्रेडदर ४.४० प्रतिशत र प्रतिशेयर नेटवर्थ २९१.९५ रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया