एनआईबिएल समृद्धि फण्ड २ को इकाईमा आवेदन दिने बिहीबार (बैशाख १६ गते) अन्तिम दिन रहेको छ ।
बैशाख १३ गत देखि निष्काशन तथा बिक्री खुला भएको उक्त फण्डको इकाई खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले आज कार्यालय समयपश्चात बिक्री बन्द हुने योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा तथा सि आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । उक्त फण्डको इकाई खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाई माग गरी आवेदन दिन सक्नेछन् ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन आउन लागेको क्यापिटलको यो चौंथो बन्दमुखी प्रकृतिको योजना हो । जसको अवधि दश वर्षको रहेको छ ।
क्यापिटलले प्रति इकाई १० अंकित मूल्यका कुल १२ करोड इकाई जारी गरेकोमा बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापकका लागि तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरी ९ करोड ६० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिने र सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको छ ।
योजनाले प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरेको छ । यस योजनाको इकाईहरु बिक्रीपछि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया