.png)
सुनको मूल्य नेपाली बजारमा बैशाख १७ गते शुक्रबार बैशाख २ यता कै सस्तो बनेको छ ।
सुनको मूल्य निर्धारण हुने साताको अन्तिम दिन शुक्रबार सुनको भाउमा तोलाको ९०० रुपैयाँले गिरावट आएको हो । त्यस्तै बिहीबारको तुलनामा शुक्रबार चाँदी तोलाको २० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ९०० रुपैयाँ, तेजावी ८९ हजार ४५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
बिहीबार तोलाको ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९० हजार ८०० सय रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा सार्वजनिक विदा बाहेक सातामा आइतबारदेखि शुक्रबारसम्म ६ दिन मात्र सुनको भाउ निर्धारण हुँदै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया