जीवन बीमा कम्पनीको ३२ अर्बको नयाँ व्यवसाय, चैत्रमा मात्रै ४ अर्ब धेरै

0
Shares

जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको नौं महिनामा ३२ अर्ब रुपैयाँको नयाँ जीवन बीमा व्यवसाय विस्तार गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले चैत्र मसान्तसम्ममा ३२ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये चैत्रमा मात्रै ४ अर्ब ५७ करोड रहेको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

नेपाल लाइफले यस अवधिमा ६ अर्ब ९७ करोड रुपैयाँ (२१.४७%) प्रथम बीमाशुल्क उठाएको हो । जसमध्ये चैत्र महिनामा मात्रै कम्पनीले ९५ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको हो ।

नेपाल लाइफ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), नेशनल र युनियन लाइफले धेरै नयाँ व्यवसाय विस्तार गरेका छन् । एलआईसीले दुई अर्ब ९४ कारेड, नेशनलले दुई अर्ब ९१ करोड र युनियनले दुई अर्ब ५२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । चालु आवको चैत्र महिनासम्ममा १४ बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

रिलायबल लाइफले १ अर्ब ७१ करोड रुपैयाँ, एशियनले १ अर्ब ७० करोड रुपैयाँ, सूर्याले १ अर्ब ५८ करोड रुपैयाँ, सिटिजनले १ अर्ब ४४ करोड रुपैयाँ, गुराँसले १ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफले १ अर्ब ४१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

चैत्र मसान्तसम्ममा मेट लाइफले १ अर्ब १६ करोड रुपैयाँ, रिलायन्सले १ अर्ब १३ करोड रुपैयाँ, प्राइमले १ अर्ब ८ करोड रुपैयाँ, आइएमईले १ अर्ब १ करोड रुपैयाँ, सानिमाले ९६ करोड रुपैयाँ, प्रभुले ७१ करोड रुपैयाँ, सन् नेपालले ६९ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६५ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ४७ करोड रुपैयाँले नयाँ व्यवसाय विस्तार गर्न सफल भएका छन् ।

  Life Insurance Company First Premium Collecation In Arba First Premium Collecation In Arba 
S.N.   2077|078 Chaitra End 2077|078 Chaitra Only 
1 Nepal Life 6.97 0.95
2 Lic Nepal 2.94 0.63
3 National Life 2.91 0.30
4 Union Life  2.52 0.25
5 Surya Life 1.58 0.15
6 Gurans Life 1.42 0.22
7 Met Life 1.16 0.18
8 Prime Life 1.08 0.13
9 Asian Life 1.70 0.25
10 Rastiya Beema sasthan 0.65 0.07
11 Sanima Life 0.96 0.15
12 Reliance Life 1.13 0.10
13 Prabhu Life 0.71 0.09
14 IME Life 1.01 0.18
15 Jyoti Life 1.41 0.21
16 Mahalxmi Life 0.47 0.00
17 Reliable Nepal Life 1.71 0.28
18 Citizen Life 1.44 0.33
19 Sun nepal Life 0.69 0.10
Total 32.46 4.57
  • चैत्रमा महिनामा ४ अर्ब ५७ करोड

चालु आवको चैत्र महिनामा मात्रै १८ जीवन बीमा कम्पनीले ४ अर्ब ५७ करोड रुपैयाँको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

समितिद्धारा उपलब्ध तथ्यांक अनुसार चैत्र महिनामा महालक्ष्मी लाइफले नयाँ व्यवसाय गरेको छैन् । समितिले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा कम्पनीले ९५ करोड रुपैयाँ बीमाशुल्क उठाएको छ । एलआइसी नेपालले ६३ कारेड र नेशनल लाइफले ३० करोड रुपैयाँको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

  • प्रथम बीमाशुल्क भनेको के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमाशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् । त्यस्तै, थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नवीकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नविकरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक/फरक हुन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ बैशाख २०७८, शुक्रबार  १४ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।