युनाइटेड फाइनान्स कम्पनी लिमिटेड (UFL) को शेयर कारोबार रोक्का भएको छ ।
फाइनान्सलाई नबिल बैंकले प्राप्ती गर्ने स्म्झौता शुक्रबार गरेसँगै आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) फाइनान्स कम्पनीको शेयर कारोबार बन्द भएको हो ।
नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम फाइनान्सको शेयर कारोबार रोक्का गरिएको जनाएको छ ।
नबिल बैंक लिमिटेडले वैशाख १७ गते, शुक्रबार युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया