सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको साधारण शेयरमा आइतबार साँझसम्ममा १२ लाख ११ हजार वटा आवेदन परेको छ ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबारसम्म १ अर्ब ८८ करोड ६४ लाख ४२ हजार ४०० रुपैयाँ बराबरको १ करोड ८८ लाख ६४ हजार ३२४ कित्ता शेयर माग आवेदन परेको छ ।
यो सर्वसाधारणबाट माग भएको कित्ताको तुलनामा ८.०५ गुणा बढी परिमाणको शेयर माग भएको हो । कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २३ लाख ४१ हजार ९५४ कित्ता शेयर खरीदका लागि आवेदन मागेको थियो ।
कम्पनीले बैशाख १७ गते शुक्रबारदेखि जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर ९आईपीओ० निष्काशन गरेको हो ।
कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा लगानीकर्ताले सिडिएससीको मेरो शेयर मोबाइल एप र वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट बैशाख २१ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था भएपनि एक हजार रुपैयाँको आवेदन दिनु नै उपयुक्त देखिन्छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदँछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया