
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ११९ प्रतिशतले खुद नाफा बढाएको छ ।
तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्त संस्थाले समीक्षा अवधिमा २४ करोड ९१ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तले ११ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कोरोना कहरका बीच पनि लघुवित्तका अधिकांश सूचकमा बढोत्तरी भएको छ । चुक्ता पूँजी पनि २१ प्रतिशतले बढाएर ३१ करोड ९४ लाख ९५ हजार रुपैयाँ पुर्याएको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४६.५९ रुपैयाँ बढेर १०४.६५ रुपैयाँ छ ।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोषको आकार ५५.७३ प्रतिशत, निक्षेप संकलन ३६.८३, कर्जा लगानी ७७.४२, खुद ब्याज आम्दानी १०५.९८, सञ्चालन नाफा ११८.८९ प्रतिशत तथा प्रतिशेयर आम्दानी ४६.५९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २६.७९ रुपैयाँले बढेको छ ।
चैत मसान्तसम्म लघुवित्तले २ अर्ब ८० लाख रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ६७ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ४५ करोड ५७ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ३९ करोड ५४ लाख ९१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
यस अवधिमा कम्पनीको जगेडा कोषमा ३८ करोड ३७ लाख ६९ हजार रुपैयाँ भएको कम्पनीको प्रतिशेयर नेटवर्थ २२०.१२ रुपैयाँ कायम भएको छ । कम्पनीको खराब कर्जा अनुपात २.९९ प्रतिशत, कोषको लागत ६.२५ प्रतिशत र मूल्य आम्दानी अनुपात ३१.९९ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया