आरएसडिसी लघुवित्तको नाफा ४० प्रतिशतले बढ्यो

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) ले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४०.३१ प्रतिशतले खुद नाफा बढाएको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ६३ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

गत आर्थिक वर्षको यसै अवधमिा ५ करोड ४३ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तका अधिकांश सूचकमा बढोत्तरी भएको छ । चुक्ता पूँजी पनि ९ प्रतिशतले बढाएर ७३ करोड १९ लाख ६० हजार रुपैयाँ पुर्याएको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३.१० रुपैयाँ बढेर १३.९० रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको जगेडा कोषको आकार १३.५७ प्रतिशत, कर्जा लगानी १९.५५, खुद ब्याज आम्दानी २८.१४, सञ्चालन नाफा २३.८४ प्रतिशत तथा प्रतिशेयर आम्दानी ३.१० रुपैयाँ र प्रतिशेयर नेटवर्थ ०.७६ रुपैयाँले बढेको छ ।

चैत मसान्तसम्म लघुवित्तले २ अर्ब ८३ करोड ३ लाख रुपैयाँ सापटी लिई ३ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले १२ करोड ३२ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १० करोड ३८ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

यस अवधिमा कम्पनीको जगेडा कोषमा १३ करोड ८६ लाख ६५ हजार रुपैयाँ भएको कम्पनीको प्रतिशेयर नेटवर्थ ११८.९४ रुपैयाँ कायम भएको छ । कम्पनीको खराब कर्जा अनुपात ०.४० प्रतिशत, कोषको लागत ५.०७ प्रतिशत र मूल्य आम्दानी अनुपात ६५.६८ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार  १० : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।