शेयर बजार परिसूचक नेप्से सोमबार दोहोरो अंकले घटेको छ । आइतबार र गत बिहीबार गरेर झण्डै ८० अंक उकालो लागेको बजार सोमबार दोहोरो अंकले ओरालो लागेको हो ।
सोमबार नेप्से परिसूचक १२.३५ अंकले घटेर २६५२.७५ मा झरेको छ । आइतबार ५४ अंक तथा गत बिहीबार नेप्से २६ अंकले उकालो लागेको थियो ।
नाफा सुरक्षित गर्ने क्रमले शेयर बिक्रीमा दबाव पर्दा नेप्से ओरालो लागेको हो। तर कारोबार रकमले भने बजारलाई साथ दिएको छ । बजार घटेपनि यसदिन ७ अर्ब ५२ करोड ९२ लाख बराबरको शेयर किनबेच भएको छ ।
सोमबार कारोबार भएका समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । त्यस्तै, आजको बजारमा ५ कम्पनीको शेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भयो । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, ङादी ग्रप पावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी कम्पनी, रु रु जलविद्युत परियोजनाको मूल्य उच्चदरले बढेको हो ।
Top Gainers
| Symbol | LTP | % Change |
| As of 2021-05-03 15:00:00 | ||
| NMFBS | 3,700.00 | 9.98811 |
| BBC | 6,168.00 | 9.98573 |
| MLBSL | 3,780.00 | 9.97963 |
| NGPL | 278.00 | 9.88142 |
| SHEL | 438.00 | 9.77444 |
| RURU | 384.00 | 7.86517 |
| UMHL | 226.00 | 6.60377 |
| RADHI | 525.00 | 5.84677 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया