जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
गत आवको यसै अवधिमा ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा १०७.४८ प्रतिशतले बढाएको हो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क रकम भने घटेको छ । चैत मसान्तसम्ममा कम्पनीले १६ करोड ३६ लाख २५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा १९ करोड ५० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा १६.१० प्रतिशतले घटेको हो ।
चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८.४९ रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्ममा कम्पनीले जगेडा कोषको आकार ३ करोड ७६ लाख रुपैयाँबाट बढाएर ७ करोड ५६ लाख रुपैयाँ कायम गरेको छ । यससँगै कम्पनीको प्रतिशेयर नेटवर्थ ९ रुपैयाँ बढेर ११७.०२ रुपैयाँ पुगेको छ ।
कम्पनीले पुनर्बीमा व्यवसायबाट ९ करोड ५४ लाख र लगानी कर्जा तथा अन्यबाट १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चैत मसान्तसम्ममा कम्पनीले २ हजार ८४ वटा बीमालेख वापत १९ करोड ९५ लाख रुपैयाँ दाबी भुक्तानी गर्दा २ हजार ३६१ संख्याको दाबी वापत २५ करोड ९६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
६१ हजार ३१३ वटा बीमालेख जारी गरेको कम्पनीले ५२ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको ८ हजार १९५ बीमालेख नवीकरण भएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया