नेशनल माइक्रोफाइनान्स लघुवित्त (NMFBSP) ले ८० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ ।
लघुवित्तले जेठ १६ गते आइतबारदेखि लिलाम बिक्री गर्ने भएको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले जेठ ३० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त संस्थापक शेयरको लिलामीका लागि न्यूनतम १ हजार २२ रुपैयाँ तोकिएको हुँदा लगानीकर्ताले सो वा सो भन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि १० ले भाग जानेगरी अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।
आवेदन फारम एनआईविएल एस क्यापिटल लाजिम्पाट काठमाण्डौबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ । कम्पनीको संस्थापक शेयरको अन्तिम पटक फ्रेबुअरी १४ तारिखमा ७७२ रुपैयाँमा कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया