महालक्ष्मी विकास बैंकले एशियन लाइफको १० करोड बढीको संस्थापक शेयर बेच्दै

0
Shares

महालक्ष्मी विकास बैंकले लिलामीमा राखेको एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो।

बैंकले गत वैशाख २६ गते आइतबारदेखि उक्त संस्थापक शेयर लिलाम बढाबढमा राखेको हो। उक्त शेयरमा लगानीकर्ताले न्यूनतम आधारमूल्य ६९८ रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।

लिलामी शेयर खरीदका लागि विद्यमान शेयरधनीका साथै जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा जेठ ९ गतेसम्म पेश आवेदन गर्नुपर्नेछ ।

न्यूनतम मूल्यमा शेयर बिक्री गर्दा पनि बैंकले उक्त लिलामीबाट १० करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७८, आइतबार  ०७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।