
सरकारमा सहभागी नयाँ मन्त्रीहरूको शपथ शुक्रबार राति आठ बजे हुने तय भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले नयाँ मन्त्रीहरूलाई राति आठ बजे शपथ गराउने तयारी गरिएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका चार मनत्री बाहेक दुई वर्ष मन्त्री भएका सबैलाई हटाएर शुक्रबार मन्त्रीपरिषद् पुनगर्ठन गरेका छन् ।
ओली सरकारमा जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर राजेन्द्र महतो पक्ष आठ मन्त्रालय र दुई राज्यमन्त्री सहित सरकारमा सहभागि भएको छ । जनता समाजवादी पार्टीबाट राजेन्द्र महतोको नेतृत्वमा दुई राज्यमन्त्रीसहित १० जना नेता सरकारमा सहभागि भएका छन् ।
एमालेका अर्थमन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानुनमन्त्री लीलानथ श्रेष्ठ सहित चार जना मन्त्री बाहेक सबैलाई हटाइएका छ ।
एमालेका रघुवीर महासेठलाई ओलीले परारष्ट्र सहित उपप्राधानमन्त्री बनाएका छन् छन् भने शेरबहादुर तामाङलाई स्वास्ग्थ्यमन्त्री बनाएर मन्त्रिपरिषदमा समावेश गराउने भएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया