स्वावलम्बन लघुवित्तको १ लाख ९० हजार कित्ता संस्थापक शेयरको लिलामी खुल्यो

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५० कित्ता संस्थापक शेयरको लिलामी खुलेको छ ।

उक्त शेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको छ । उक्त लिलामीको शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आजदेखी असार २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता तथा अधिकतम सबैका लागि आवेदन गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

बोलपत्र असार २९ गते दिउँसो १ बजे एनआईबिएल एस क्यापिटल, लिमिटेड लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने समेत कम्पनीले जानकारी दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७८, सोमबार  ०८ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।