एलआईसीको बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा

0
Shares

लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (LICN) ले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।

इन्स्यारेन्सको अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २० लाख १० हजार कित्ता बोनस शेयर जेठ २६ गते बुधबार हितग्राही खातामा जम्मा गरेको हो ।

साथै हितग्राही खाता खोल्न बाँकी र गत आवको शेयर प्रमाणपत्र संकलन नगर्ने शेयरधनीहरुले इन्स्योरेन्सको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ हात्तिसार काठमाण्डौबाट प्रमाणपत्र संकलन गर्न र हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकरण गर्न समेत क्यापिटलले आग्रह गरेको छ । तर कोरोना माहामारीका कारण सरकारले लागु गरेको निषेधाज्ञा अवधीभर प्रमाणपत्र वितरण कार्य स्थगित रहेको इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सको २०७७ फागुन २५ गते सम्पन्न १८ औं साधारण सभाबाट उक्त बोनस शेयर पारित भएको थियो । उक्त बोनस शेयर नेप्सेमा २०७८ जेठ २५ गते मंगलबार नेप्सेमा दोस्रो बजारमा कारोबार गर्नसक्नेगरी सूचीकरण गरेको थियो ।

साधारण सभा तथा लाभांस प्रयोजनका लागि इन्स्योरेन्सले गत फागुन १७ गते बुकक्लोज मिति तोेकेको थियो । तसर्थ बुकक्लोज भन्दा अघिल्लो दिन सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र उक्त बोन शेयर प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७८, शुक्रबार  १२ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।