एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक शेयरमा लिलामी खुल्यो

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडको ९ लाख कित्ता संस्थापक शेयर बुधबारदेखि लिलाम बढाबढमा बिक्री खुला भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा उक्त संस्थापक शेयरमा असार २ देखि १६ गते बुधबारसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले न्यूनतम मूल्य १४० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १,००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि बोलपत्र आवेदन पेश गर्न सकिने शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

प्राप्त शिलबन्दी बोलपत्र असार १७ गते बजे खुला हुने जनाइएको छ ।

नेपाल इन्स्योरेन्सले बिक्री गर्न लागेको उक्त संस्थापक शेयर न्यूनतम मूल्यमा बिक्री गर्दा कम्पनीले तीन करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गर्नेछ । बैंकको संस्थापक शेयर धितोपत्रको दोस्रो बजारमा जेठ २४ गते अन्तिम पटक प्रतिशेयर १२१ रुपैयाँमा कारोबार भएको छ । एक वर्ष अवधिमा बैंकको संस्थापक शेयर न्यूनतम ११२ रुपैयाँदेखि अधिकतम २६२ रुपैयाँसम्म कारोबार भएको देखिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ असार २०७८, बुधबार  ०९ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।