नेपाल प्रहरीले सुनका गरगहना तथा ९८ हजार नगद लुटपाट गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले प्रहरीले कमानपुर बस्ने २० वर्षीय किरण बुढालाई आइतबार पक्राउ गरेको हो ।
बुढाले दाङको लमही नगरपालिका–७ कप्तानगञ्जस्थित जंगलमा रा.१ ख २४१९ नम्बरको टिपर चालक सहित ४ जनाको सुनका गहना, ९८ हजार रुपैयाँ र २ थान मोबाइल लुटपाट गरेको थिए ।
संम्राट सिमेन्ट कम्पनीतर्फ जाने बाटोको जंगलमा बुढा समेत ३ जनाले भाला, हुक लगायतका हतियार देखाई उक्त गहना र नगद लुटपाट गरेका थिए ।
लुटपाटमा संलग्न फरार २ जनाको खोजी हुनुको साथै पक्राउ परेका बुढामापथ थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया