आइएमई लाइफ इन्स्योरेन्स र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासनका लागि पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
दुई कम्पनीले ६८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने अनुमति मागेका हुन् ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको हो ।
यसैगरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको छ ।
इन्स्योरेन्स कम्पनीले जेठ ३१ गते र लघुवित्तले असार ६ गते बोर्डमा आइपीओ निष्काशन गर्नका लागि आवेदन दिएको हो ।
नेष्डो लघुवित्तले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र आइएमई लाइफ इन्स्योरेन्सको सिभिल क्यापिटल मार्केट रहेको छ ।
आइएमई लाइफको आइपीओलाई केयर रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।
नेष्डो समृद्ध लघुवित्तको आइपीओलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । बीबी प्लस रेटिङ प्राप्त कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया