नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जना संक्रमित, ४२ को मृत्यु

0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कुल ११ हजार ६४० जनामा कोरोना भाइरस परिक्षण गरिएको थियो ।

परीक्षणमध्ये ६ हजार ६४८ पिसिआर परिक्षणमा १ हजार ५०९ जना र ४ हजार ९९२ जनामा गरिएको एटिन्जेन्ट परिक्षणमा ९३५ गरी जम्मा २ हजार ४४४ जनामा संक्रमणको पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरि हालसम्म निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ असार २०७८, सोमबार  १७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।