राष्ट्र उत्थान लघुवित्तको आईपीओलाई ‘डबल बि रेटिङ्ग’

0
Shares

 

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओले ‘डबल बि रेटिङ्ग’ प्राप्त गरेको छ ।

सर्वसाधारणमा प्राथमिक शेय (आईपीओ) जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको लघुवित्तले क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालबाट रेटिङ्ग गराएको हो ।

इक्रा नेपालले कम्पनीके आईपीओलाई ‘आईआर बीबी रेटिङ्ग’ प्रदान गरेको छ ।

डबल बि रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्वन्धमा मध्यम जोखिम रहेको जनाउने इक्रा नेपालले जनाएको छ ।

इक्रा नेपालले रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र भएको पनि बताएको छ ।

जारी पूँजी २६ करोड रुपैयाँ रहेको लघुवित्तले सर्वसाधारणमा ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रकृया अगाडि बढाएको छ ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीले सोेमबार मात्रै एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तले चालु आवको ९ महिनामा ३ करोड २६ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जगेडा कोषमा १० करोड ३८ लाख सञ्चित रहेको कम्पनीको खराब कर्जा अनुपात १.३३ प्रतिशत छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ असार २०७८, मंगलबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।