उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) ले डबल बि माइनस रेटिङ्ग क्रेडिट रेटिङ्ग पाएको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘आईआर बीबी माइनस’ रेटिङ प्रदान गरेको हो ।
डबल बि माइनस रेटिङ्ग प्राप्त संस्थाले समयमा दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।
क्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्वन्धि रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ ।
उपकार लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड २६ लाख रूपैयाँ बराबरको १ लाख २६ हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि क्रेडिट रेटिङ गराएको हो ।
आईपीओ निष्काशन गर्नका लागि लघुवित्त कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
हाल चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको कम्पनीको आईपीओ जारीपछि ५ करोड ४६ लाख रुपैयाँ पूँजी पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया