नेपाल प्रहरीले वर्किङ भिषामा इटाली तथा यूरोपियन मुलुक पठाइदिन्छु भन्दै लाखौ र करौडौ रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ का ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको हो ।
रेग्मीले रामेछापको उमाकुण्ड गाउँपालिका–३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिषामा इटाली पठाइदिने भन्दै प्रति व्यक्ति १० लाख ५० हजार रुपैयाँको दरले ३१ लाख ५० हजार लिएका थिए ।
तर रेग्मीले उनीहरूलाई अजरबैजानसम्म पु¥याएर बिचल्ली बनाउदै भएका थिए । फरार रहेका उमेशलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट मंगलबार पक्राउ गरेको हो ।
उमेशले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा यूरोपियन मुलुकमा पठाइदिन्छु भन्दै करिब १ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया