एनएमबि क्यापिटलद्वारा डिम्याट खाता नवीकरण शुल्क बुझाउन अनुरोध

0
Shares

एनएमबि क्यापिटलले आफ्ना हितग्राही खाताधारकहरुलाई डिम्याट खाता सञ्चालन गरेवापत वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

क्यापिटलले साउन १५ गतेभित्र वार्षिक नवीकरण शुल्क भुक्तानी नगर्ने हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाटै रोक्का हुने समेत जानकारी दिएको छ ।

तोकिएको समयमा वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भन्दै कम्पनीले समयमा नै शुल्क बुझाएर निर्वाध सेवा उपभोग गर्न आग्रह गरेको हो ।

एनएमबि क्यापिटल नागपोखरी नक्साल र एनएमबि बैंकका शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खालेका सम्पूर्ण खाताधनीहरुलाई आर्थिक वर्ष २०७७।७८ सम्मको डिम्याट खाता सञ्चालन गरे वापत वार्षिक शुल्क प्रत्येक आवको १०० वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो ।

खातावालाहरुले कनेक्ट आईपीएस, इसेवा, प्रभु पे, आइएमई पेबाट पनि अनलाईन भुक्तानी गर्न सक्ने सूचनामा उल्लेख छ । हितग्राही खातामा एनएमबि बैंकको खाता नम्बर राखेका लगानीकर्ताको डिम्याट स्वतः नवीकरण हुने उल्लेख छ ।

साथै, मेरो शेयर सेवा लिएका हितग्राहीहरुले एक वर्षको ५० रुपैयाँका दरले शुल्क बुझाएर नवीकरण गर्नुपर्नेछ । सेवा सञ्चालनमा आएको एक वर्ष अवधिभित्र नवीकरण नभएमा उक्त सेवा बन्द हुने जारी सूचनामा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ असार २०७८, शुक्रबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।