नेप्सेमा दुई कम्पनीका १६ लाख ६७ हजार कित्ता बोनस सूचीकृत, कसले पाउँछ ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार दुई कम्पनीको १६ लाख ६७ हजार ७६८कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजीको ५ प्रतिशत र मिर्मिरे लघुवित्तको ९.१९९८ प्रतिशत बोनस शेयर आइतबार दोस्रो बजारमा कारोबार गर्नमिल्नेगरी सूचीकरण भएको हो ।

स्टकका अनुसार सांग्रिलाको चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने १३ लाख ३ हजार ३२० दशमलव २० कित्ता र मिर्मिरे लघुवित्तको ९.१९९८ प्रतिशतले हुन आउने ३ लाख ६४ हजार ४४८ दशमलव ३५ कित्ता बोनस सूचीकृत भएको हो ।

दुबै संस्थाले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीहरूलाई उक्त बोनस प्रस्ताव गरी साधारण सभाबाट पारित गरेका थिए ।
सांग्रिला डेभलपमेन्ट बैंकको चैत्र २३ गते सम्पन्न भएको १६ औँ वार्षिक साधारण सभा र मिर्मिरेको चैत्र १८ गते, बुधबार सम्पन्न दशौँ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदन गरेको थियो ।

साधारण सभाका लागि सांग्रिलाले चैत्र १० गते र मिर्मिरेले चैत ८ गते बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजका अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर,कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २० असार २०७८, आइतबार  १६ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।