युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गतेबाट निष्काशन गरेको प्राथमिक निष्काशनमा दोश्रो दिन नै २.९४ गुणाले ‘ओभर सब्सक्राइब’भएको छ ।
इन्स्योरेन्सले निष्काशन गरेको कुल ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको छ ।
दोस्रो दिन अपरान्ह ३ः३० बजे सम्म ११ लाख २८ हजार ३ सय ८४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन परेको आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया