प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी संस्थापक शेयर लिलामीमा

0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख कित्ता बढी संस्थापक शेयर लिलामी आएको छ । कम्पनीले असार २७ गते आइतबारदेखि ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ५ सय ५० रुपैयाँ तोकिएको छ । कम्पनीले लिलामीमा ल्याएको उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले साउन ८ गतेसम्म बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।