एनआईबिएल एस क्यापिटलले पीएमएस सेवा लिनेलाई ५ लाखको दुर्घटना बीमा गरिदिने


नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवा अन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि नयाँ योजना ल्याएको छ ।

नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना ल्याइएको क्यापिटलले जनाएको छ । जस अनुसार व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई ५ लाख रुपैंयासम्मको दुर्घटना बीमा प्रदान गरिने क्यापिटलले जनाएको छ ।

यो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइनेछ भने परिवारका ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने, पहिलो पटक थैली एप डाउनलोड गर्दा १०० रुपैंयाको टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता धेरै सेवाहरु दिइने क्यापिटलले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।