युनियन लाइफको आईपिओमा ३ कार्य दिनमै १८ लाख बढीले गरे आवेदन


युनियन लाइफ इन्स्योरेन्सको साधारण शेयरमा निष्काशन सुरु भएको तीन कार्य दिनमा नै १८ लाखभन्दा बढीले आवेदन गरेका छन् । केन्द्रीय निक्षेप प्रणाली सिडिएससीका अनुसार आइतबार साँझसम्ममा इन्स्योरेन्सको शेयरमा १८ लाख १४ हजार २६५ जनाले आवेदन दिएका छन् ।

उल्लेखित आवेदकबाट २ अर्ब ९१ करोड ५३ लाख ६५ हजार रुपैंया बराबरको २ करोड ९१ लाख ५३ हजार ६५० कित्ता शेयर माग भएको छ । उल्लेखित तथ्यांक आइतबार साँझ ५ बजेसम्मको हो ।

इन्स्योरेन्सले ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिरहेको छ । सोमबार बैंकिङ समय पश्चात इन्स्योरेन्सको शेयर निष्काशन बन्द हुनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।