मित्सुबिसीलाई उत्सर्जन छलीबापत साढे २ करोड यूरो जरिबाना


जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले उत्सर्जन छलीबापत २ करोड ५० लाख यूरो जरिबाना बुझाएको छ । कम्पनीले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएपछि जरिवाना तिरेको हो ।

जर्मन अधिकारीहरूले गत वर्ष मित्सुबिसी कारहरू संलग्न भएको संदिग्ध डिजेल उत्सर्जनको अनुसन्धानको भागको रूपमा १० वटा स्थलहरूमा छापा मारेका थिए । मित्सुबिशी मोटर्सले सोमबार फ्रान्कफर्ट अभियोजन कार्यालयले मार्चको अन्तिम साता दुई करोड ५० लाख युरो जरिबाना सूचना जारी गरेको जनाएको छ ।

कम्पनीले ‘जरिबाना रकम’ मार्चको अन्त्य पहिल्यै भुक्तान गरिसकेको जनाएको छ । उत्सर्जन उल्लङ्घनहरू ‘जानाजानी वा इच्छापूर्वक गरिएको थियो’ भन्ने बिषयमा आदेशले त्यस्तो कुनै प्रमाण फेला नपारेको तथा कुनै जालसाजी व्यवहारको पहिचान नभएको कम्पनीका प्रबक्ताले बताए ।

ब्लुमबर्ग न्यूजले यसैबीच फ्रान्कफर्ट अभियोजन पक्षका एक प्रवक्तालाई उल्लेख गर्दै जरिवाना तिरेको अभियोगमा अनुसन्धान समाप्त भएको उल्लेख गरेको छ । मुद्दालाई मार्चमा अन्त्य गरिएको थियो तर यसलाई सोमबार पहिले खुलासा नगरिएको ब्लूमबर्गले लेखेको छ ।

यस छानवीनले १.६ र २.२ लिटर ईन्जिनसहितका मित्सुबिशी डिजल गाडीको ध्यान केन्द्रित गरेको छ । ती गाडीहरूलाई उत्सर्जन मापदण्डको पालनाका आधारमा जर्मनीको उच्चतम यूरो–५ र यूरो–६ गुणस्तर दर प्राप्त गरेको थियो ।

अभियोजकहरूले ईन्जिनहरू तथाकथित ‘शटडाउन’ उपकरणद्वारा बनेका छन् ताकि उनीहरूको ल्याब परीक्षणहरूमा उनीहरू सडकमा भन्दा कम प्रदूषणकारी देखा पर्दछन् ।

सन् २०१५ मा फोक्सवेगन समूहको प्रदूषण परीक्षणको लागि ११ करोड गाडीमा सफ्टवेयर स्थापना गर्न स्वीकार गरेको ‘डिजेलगेट’ घोटालामा मित्सुबिसीको अनुसन्धान मात्र एउटा यस्तो कदम थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।