राधी विद्युतको बोनस र हकप्रद प्रस्ताव पारित

0
Shares


राधी विद्युत कम्पनीको मंगलबार सम्पन्न भएको साधारण सभाबाट सञ्चालक समितिबाट प्रस्तावित बोनस र हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।

कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न सभाले सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस शेयर र बोनस पछि कायम हुने पूँजीको १४७.५२ प्रतिशत (९५ लाख ३५ हजार ७६० कित्ता) हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजण्न्डाहरू छलफल गरी पारित गरेको छ ।

बोनस पश्चात राधी विद्युत कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुगेको छ भने हकप्रद शेयरपछि चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार  १२ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।