ट्राफिक नियन्त्रणमा परेको कागजात विवरण अब एसएमएसबाटै थाहा पाउन सकिने

0
Shares

के तपाई ट्राफिक प्रहरीको कारबाहीमा परेर आफ्नो कागजात खोज्न प्रहरी कार्यालयहरु चाहार्दा चाहार्दा हैरान हुनुभएको छ ? यदि यस्तो समस्या भोगिरहनुभएको छ भने अब भने सो झण्झटबाट तपाईलाई मुक्ति मिल्ने भएको छ ।

ट्राफिक प्रहरी महाशाखाले आजबाट कारबाहीमा परेका कागजपत्रको बारेमा एसएमएसबाटै जानकारी दिने सेवा सुरु गरेको छ । ट्राफिक प्रहरी महाशाखाले जानकी टेक्नोलोजीसँग सहकार्यमा एसएमएस सेवा दिनेगरी उक्त सेवा सुरु गरेको हो ।

बिहीबार महाशाखाले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उक्त सेवा आदान प्रदान गर्नेबारे जानकी टेक्नोलोजीसँग समझदारी गरेको छ ।

समझदारीमा विभिन्न कारणले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरे पश्चात नियन्त्रणमा लिएका कागजपत्रहरुको बारेमा जानकारी जानकी टेक्नोलोजीले तयार पारेको डकुमेन्ट ट्राकिङ्ग सिस्टम (डिटिएस) मोबाइल एसएमएस मार्फत लिन सकिने भएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईका अनुसार,“महाशाखाले दिँदै आएको सेवालाई थप प्रभावकारी, सहज एव सरल बनाई आम सेवाग्राहीको सुविधालाई ध्यानमा राखी प्रविधिको प्रयोग मार्फत अबदेखी ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्रहरू लिन कहाँ जाने ? कसरी लिने ? भन्ने दुविधाबाट मुक्त गराउन यो सेवाको सुरुवात गरिएको हो ।”

एसएमएस सेवा कसरी प्रयोग गर्ने ?

सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा भ्अजबबिल स्पेस चिट काटिएको आर्थिक वषर्, स्पेस चिट नम्बर टाईप गरी ३४००१ मा म्यासेज पठाएपछि तुरुन्त जानकारी प्राप्त गर्न सकिन्छ ।

डकुमेन्ट ट्र्याकिङ्ग सिस्टमले मोवाईल एसएमएस मार्फत तुरून्त पुस म्यासेज सेवाग्राहीलाई पठाउने गर्छ । सोही अनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुन्छ ।

कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाईन १०३ ब्यस्त हुने हुनाले समेत समस्या हुने गरेको थियो । तर आजदेखी भने एसएमएस सिस्टमले थप सहज हुने विश्वास महाशाखाले लिएको छ ।

टाढाबाट आउने कतिपय चालकहरुलाइ पर्ने गरेको असुविधालाई थप सहज बनाउने यो सेवा प्रभावकारी विश्वास महाशाखाको छ ।

कार्यक्रममा बोल्दै जानकी टेक्नोलोजीका सहायक प्रबन्धक सनम दिप शाक्यले ट्राफिक प्रहरीले प्रविधिको विस्तार गरि सेवाग्राहीलाई दिने सुबिधा क्रमश बढाउँदै लगेको र यस एसएमएस सेवाले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने विश्वास गरेको रहेको उनले बताए ।

एसएमएस सेवा लिन कति लाग्छ शूल्क ?

जानकी टेक्नोलोजीका सहायक प्रबन्धक सनम दिप शाक्यका अनुसार प्रयोगकर्ताले एकदमै न्यून शूल्कमा उक्त सेवा पाउन सक्नेछन् ।

शाक्यका अनुसार नेपाल टेलिकमले एसएमएस सेवा प्रयोग गर्दा लाग्ने शूल्कमा त्रै प्रयोगकर्ताले यो सेवा पाउनेछन् । फाइदाका लागि भन्दा पनि यो सेवा सेवा मुलक भएकाले प्रयोगकर्तालाई एकदमै न्यून शुल्कमा सेवा दिइने उनको भनाई छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३१ असार २०७८, बिहीबार  १६ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।