पछिल्लो २४ घण्टामा थपिए २ हजार ६७६ संक्रमित, ३३ को मृत्यु

0
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ हजार ७६८ जनामा कोरोना परिक्षण गरिएको थियो ।  जसमा ८ हजार २५६ पीसीआर परीक्षणमा १ हजार ७८२ र ४ हजार ५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २ हजार ६७६ जनामा संक्रमणको पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ७५७ जना कोरोना भाइरस संक्रमण मुक्त बनेका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९ हजार ४६३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३१ असार २०७८, बिहीबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।