यूनियन लाइफको आईपिओ बाँडफाँड सकियो, १६ लाखले शेयर पाएनन्


यूनियन लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान प्रि अलटमेण्ट गरी बोर्डमा प्रतिवेदन बुझाएको थियो । साथै आजै शेयर बाँडफाँडको अनुमति माग गरेकोमा बोर्डको स्वीकृति पाए लगत्तै क्यापिटलले शेयर बाँडफाँड गरेको हो ।

जस अनुसार इन्स्योरेन्समा सर्वसाधारणतर्फबाट ५ लाख ८० हजार ५०० जना नयाँ शेयरधनी थपिएका छन् । इन्स्योरेन्सको १० कित्ता शेयर उल्लेखित आवेदकलाई गोलाप्रथाबाट बितरण गरिएको हो ।

इन्स्योरेन्सले निष्काशन गरेको साधारण शेयरमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो । उक्त आवेदन मध्ये दोहोरो आवेदन गरेका ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भए पछि सदर भएका आवेदनलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

यूनियन लाइफको आईपिओमा कसरी भए ७० हजार आवेदन रद्ध ?

यस आधारमा इन्स्योरेन्सको शेयरमा आवेदन गरेका कुल मध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ । ।

इन्स्योरेन्सले असार २४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

क्यापिटलका अनुसार रिजल्ट्स डट प्रभु क्यापिटल डटकममा तथ्यांक प्रशोधनको काम सकिए पछि नतिजा अपलोड गरिनेछ । नतिजा अपलोड नहुञ्जेल उल्लेखित डोमेनमा सर्भिस टेम्पोरर्ली अनअभाइलेभल देखाउनेछ । नतिजा अपलोड भए पछि आफुलाई शेयर परे नपरेको हेर्न सकिने क्यापिटलले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।