राजस्वको बलियो स्रोत बन्दै गरेको शेयरबजार नयाँ सरकारको प्राथमिकतामा

0
Shares

पछिल्लो चरणमा शेयरबजार राजश्वको एउटा राम्रो स्रोत बन्न थालेपछि यो क्षेत्र पनि सरकारको प्राथमिकतामा पर्न थालेको छ । पछिल्ला दुई वर्षमा धितोपत्रमा लगानीगर्नेहरु ह्वात्तै बढेपछि शेयर कारोबार समेत उल्लेखीय मात्रमा हुने गरेको छ।

राजश्व संकलनको एउटा बलियो स्रोतको रुपमा शेयर बजार विकसित हुँदै गर्दा सरकारको ध्यान पनि तानिन् थालेको छ । भर्खरै मात्र नियुक्त भएका अर्थमन्त्री जनार्दशन शर्माले पनि शेयरबजारलाई प्राथमिकतामा राख्ने संकेत गरेका छन् ।

अर्थमन्त्रायलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले शेयरबजारका समस्याहरु समाधान गर्दै लगानीकर्ताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

अर्थमन्त्री बनेपछिको पहिलो पत्रकार सम्मलेनमा मन्त्री शर्माले पूँजी बजारका समस्या समाधान गर्दैै त्यसलाई सर्वसाधारण जनताको हितमा हुने गरी कसरी काम गर्ने बताए। उनले लगानीकर्ताको हितमा काम गर्न योजना निर्माण गरिने समेत आश्वासन दिए ।

अर्थमन्त्रीका अनुसार पूँजीबजारले १४ अर्ब राजस्व योगदान गर्दै आएको छ । मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका मन्त्री शर्माले शेयरबजार लगायत सबै क्षेत्रका माग सम्बोधन गरिने बताए । उनले भने, “सबै क्षेत्रका आआफ्ना माग छन्, समावेश गर्नुपर्ने कुरा पनि आएका छन्, सबै कुरा छलफलकै क्रममा छ, त्यसैको आधारमा मुलुकको आर्थिक मानचित्र तयार पारिनेछ ।”

उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए । “अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु”, अर्थमन्त्री शर्माले भने ।

उनले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । सोही क्रममा सरकारको समग्र भावी योजनासमेत सँगसँगै सार्वजनिक गर्ने पनि उनले बताए ।

अर्थमन्त्री शर्माले अहिलेको परिस्थितिलाई सहज र आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै गत वर्षको कमीकमजोरीलाई समेत सच्याएर अघि बढ्ने क्रममा मन्त्रालय रहेकोसमेत उनले गरे । सबै विषयमा मन्त्रालय गम्भीर छलफल गरी समाधानको उपाय खोजी गरिरहेकोसमेत जानकारी गराए ।

अध्यादेशमार्फत आएको बजेटलगायतको विषयमा सदनमा प्रस्तुत हुने भएकाले त्यो सदनले नै निर्णय गर्ने उनले बताए । उनले आफूले जिम्मेवारी पाइसकेपछि दैनिक गर्नुपर्ने काम मात्रै गरिरहेको र समग्र विषयमा महाशाखाका अधिकारीसँगको छलफललाई तीव्र पारिरहेको उनले बताए।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १ साउन २०७८, शुक्रबार  १५ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।