यात्रुबाहक सवारी साधनले निषेधाज्ञाको बीमाशुल्कमा छुट पाउने

0
Shares

निषेधाज्ञा अवधिभर थन्किएर बसेका सार्वजनिक यात्रुबाहक सवारी साधनले बीमाशुल्कमा छुट पाउने भएका छन् ।

बीमा समितिले सरकारले दोस्रो चरणको कोरोना भाइरस महामारीको नियन्त्रणका लागि जारी निषेधाज्ञा अवधिभर थन्किएर बसेका सार्वजनिक यात्रुबाहक सवारी साधनलाई समानुपातिक रकम छुट दिन निर्देशन दिएको हो ।

समितिले यात्रु बाहक सवारी साधानको कुल वार्षिक बीमाशुल्कको १ तिहाई रकम थन्किएको अवस्थाको जोखिमका लागि कट्टा गरी बाँकी रहेको २ तिहाई रकममा समानुपातिक रकम छुट दिने व्यवस्था गर्न निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको हो ।

समितिले जारी निषेधाज्ञा अवधिभर सार्वजनिक यात्रुबाहक सवारी साधनहरु सञ्चालनमा नआएकोले थन्एिको अवधिमा बीमाशुल्क छुट दिन निर्देशन दिएको हो ।

कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष/यात्रु/कर्मचारीको बीमा लगायतका जोखिम समेतको हिसाब गर्नुपर्ने समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए ।

छूट प्रदान हुने रकम, सार्वजनिक यात्रुवाहक सवारी साधन बीमाको नविकरण बीमाशुल्कमा समायोजन गर्न पनि समितिले निर्देशन दिएको छ । समितिले यात्रु बाहक सवारी साधनको अन्यन्त्र कम्पनीसँग नवीकरण हुने अवस्थामा बीमितको अनुरोधमा छुट रकमको प्रमाणपत्र उपलब्ध गराउन समेत भनेको छ ।

चालु बीमा अवधिमा दाबी परिसकेको सवारी साधनको हकमा भने थन्किएको अवधिको लागि बीमाशुल्कमा छुट लागू नहुने समितिको भनाई छ ।

सार्वजनिक यात्रुबाहक सवारी साधनको हकमा थन्किएको अवधि गणना गर्दा निषेधाज्ञा शुरु भएको मितिदेखि लिने र समयावधि नेपाल सरकारबाट लकडाउन हटाएको समयसम्म कायम गर्नु पर्ने समितिले जानकाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ श्रावण २०७८, आइतबार  ११ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।