नेपाल पुनर्बीमा कम्पनीले माग्यो कर्मचारी, आठ जानलाई रोजगारीको अवसर

0
Shares

नेपाल पुनर्बीमा कम्पनीले करार सेवाका लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न ३ पदका लागि आठ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले चार्टर्ड एकाउटेण्ट, सूचना प्रविधि (आईटि इन्जिनियर) र सहायक प्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले चार्टर्ड एकाउटेण्ट तह ७ कालगि २ जना, सूचना प्रविधि(आईटि इन्जिनियर) तह ७ का लागि १ जना र सहायक प्रबन्धक तह ६ पदका लागि ५ जना कर्मचारी माग गरेको जनाएको छ ।

कम्पनीले माग गरेको पदका लागि इच्छुक तथा योग्यता पुगेका नागरिकले साउन १५ गतेभित्र आवेदन दिनसक्ने कम्पनीले जानकारी दिएको छ ।

अनुभवीलाई विशेष प्राथमिकता दिने समेत कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ श्रावण २०७८, आइतबार  ११ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।