निर्जीवन बीमा व्यवसाय पौने ३२ अर्बको, शिखरको हिस्सा साढे १२ प्रतिशत

0
Shares

गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका २० जीवन बीमा कम्पनीहरुबाट उक्त बीमाशुल्क संकलन भएको हो ।

यस अवधिमा शिखर इन्सयोरेन्सले सबैभन्दा धेरै ३.९७ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो समग्र जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको १२.५२ प्रतिशत हो ।

यसैगरी शिखर इन्स्योरेन्सपछि सगरमाथा, नेको, सिद्धार्थ र एनएलजी इन्स्योरेन्सले २ अर्बभन्दा धेरै बीमशुल्क संकलन गरेका छन् । यी कम्पनी सबैभन्दा धेरैबीमाशुल्क संकलन गर्ने निर्जीवन बीमा कम्पनीहरुको क्रमशः दोस्रो र तेस्रो चौथो र पाँचौं स्थानमा रहेका छन् ।

समीक्षा अवधिमा सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा कम ०.६५ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जनरल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन एक अर्बभन्दा कम रहेको छ ।

S.N Non Life Insurance Company Total Premium Collecation in Arba
    2078 Ashad
1 Shikhar Insurance  3.97
2 Sagarmatha Insurance  2.65
3 Neco Insurance 2.41
4 Siddhartha Insurance  2.32
5 NLG Insurance 2.08
6 Premier Insurance  1.90
7 Rastriya Beema Company Ltd 1.63
8 IME General Insurance 1.52
9 Lumbini General 1.36
10 Prabhu Insurance  1.35
11 Himalayan General  1.30
12 Prudential Insurance  1.28
13 Ajod Insurance  1.27
14 Nepal Insurance  1.27
16 Oriental Insurance  1.16
15 United Insurance Co. (Nepal)  1.05
17 Everest Insurance  1.01
18 National Insurance  0.87
19 General Insurance  0.65
20 Sanima General Insurance  0.65
  Total 31.70

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ श्रावण २०७८, मंगलबार  १९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।