रिडी हाइड्रोपावर सहित चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार प्रोफिट बुकिङ्गले नेप्से ऋणात्मक भएपनि कारोबारको दुई घण्टा अवधिमा चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

रिडी हाइड्रोपावर सहित चार कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको हो । यसदिन रिडी हाइड्रोपावर, बिशाल बजार कम्पनी, ङादी ग्रुप पावर र हिमालयन उर्जाको शेयरमूल्य दश प्रतिशतले बढेर सर्किट लागेको हो ।

कारोबारको दुई घण्टाको अवधिसम्म रिडी हाइड्रोपावरको शेयरमूल्य ५६ रुपैयाँले बढेर ६१६ कायम भएको छ । बिशाल बजार कम्पनीको ६७१ ले बढेर ७ हजार ३८५ रुपैयाँ, ङादी ग्रुप पावरको ७६ ले बढेर ८३९ र हिमालयन उर्जाको ४३ रुपैयाँले बढेर ४७५ रुपैयाँ पुगेको छ ।

शेयर खरीद चाप उच्च हुँदा चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस अवधिमा पोखरा फाइनान्सको शेयरमूल्य करिब ५ प्रतिशतले घट्दा सनराइज बैंक, सनराइज फस्ट म्युचुअल फण्ड लगायतको मूल्य घटेको छ ।

दुई घण्टा अवधिमा नेप्से १४ अंकले घटेर ३०४४ म ाझरेको छ भने २१८ कम्पनीको २ करोड १५ लाख कित्ता शेयर ७ अर्ब ६१ करोड रुपैयाँमा खरीद बिक्री भएको छ । ङादी ग्रुप पावरको सर्वाधिक ३४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ श्रावण २०७८, सोमबार  १३ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।