राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने

0
Shares

राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

संस्थानले कम्पनीमा रहेको लगानी योग्य रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो ।

संस्थानले लगानी गर्नको लागि साउन १३ गतेदेखि साउन १७ गतेभित्र संस्थानको प्रधान कार्यालयको वित्त व्यवस्थापन विभागमा प्राप्त हुने गरी गोप्य शिलबन्दी प्रस्ताव बुझाउन वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले हालै प्रकाशित वित्तीय विवरण संलग्न राखी त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।